अभिनेत्री स्वेता खड्का फिल्म ‘कान्छी’को एक गीतमा कम्मर मर्काएर नाचेकी छिन् । उनीसँगै नाच्ने अर्का कलाकार हुन्, दयाहाङ राइ । दयाहाङलाई अहिले दर्शकले फिल्मको गीतमा गजबले नृत्य गरिरहेको देखिरहेका छन् ।

राजनराज सिवाकोटी र अन्जु पन्तको आवाज, राजनराजकै शब्द तथा संगीतमा तयार भएको ‘चरी चट्ट परि फुरुरु’ बोलको गीतमा दयाहाङ र स्वेताले नेपाली पहिरनमा नृत्य गरेका छन् । माघ २६ गतेबाट रिलिज हुने फिल्मको गीतलाई चाडै नै रिलिज गर्ने तयारी समेत गरिएको स्वेताको भनाइ छ ।

स्वेताका अनुसार, फिल्म सोचे भन्दा राम्रो बनेको छ । मुस्ताङमा छायांकन गरिएको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

श्रीकाली चौरमा सेट नै डिजाइन गरेर फिल्मको यो गीत ३ दिन लगाएर खिचिएको छ । यो सेटको डिजाइन स्वेताले नै गरेकी हुन् ।

For More videos Log on to Mazzako TV