सोमबार बेलुकी काठमाण्डौमा आयोजना भएको फिल्म ‘रुद्रप्रिया’को प्रिमियरमा अभिनेत्री नीता ढुंगाना र उनका प्रेमी आमेष भण्डारीले लुकामारी नै खेले । प्रेममा अलग भएपछि यी दुइविच बोलचाल छैन । कुनै समय एकसाथ सेल्फीमा रमाउने यो जोडी अलग भएपछि किन बोलचाल पनि गर्दैन, यो आफैमा अचम्मको कुरा हो ।

अभिनेत्री नीता ढुंगाना फिल्मको प्रिमियरमा आकर्षक बनेर पुगेकी थिइन् । अभिनेत्रीलाई फेसनमा त्यस्तो ध्यान दिने अभिनेत्रीको रुपमा चिनिदैन । तर, रेखा थापाको फिल्म हेर्न पुगेकी नीताको पहिरन भने आकर्षक थियो ।

नीताले स्टेजमा पुगेर तस्बिर खिचाइन् र क्यामेराको अगाडि मुस्कुराइन् । एकपछि अर्को फिल्म असफल भएपनि उनको करिअरमा त्यस्तो भिन्नता भने आएको छैन । अब, त उनी फिल्मकी निर्मात्री पनि बन्दैछिन् ।

For More videos Log on to Mazzako TV