अभिनेत्री निशा अधिकारी निर्मीत फिल्म ‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सिमोश सुनुवारको निर्देशन रहेको फिल्मको ट्रेलरमा कमेडी भरपुर छ । २ मिनेट ३६ सेकेण्डको ट्रेलरमा नायक सौगात मल्ल र नायिका वेनिशा हमाललाई हाईलाइट गरिएको छ ।


ट्रेलर सार्वजनिक कार्यक्रममा निशाले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ को समेत घोषणा गरिन् । प्रिती नुडल्ससँग सहकार्यमा प्रेमिकाले प्रेमी काँधमा बोकेको वा श्रीमतिले श्रीमान बोकेको तश्वीर फेसबुकमा अपलोड गरेर सर्वाधिक वर्जिनल लाइक पाउने जोडीलाई ५१ हजार नगद हस्तारण गर्ने निशाले बताइन् ।

आलु प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘झ्यानाकुटी’ आउँदो मंसिर १ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात र वेनिशासँगै पुष्कर गुरुङ, अष्टल गुरुङ, सुमी मोत्तान, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको ‘झ्यानाकुटी’लाई हरी हुँमागाईंले खिचेका हुन् ।

 

For More videos Log on to Mazzako TV