कुनै समय नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेजिना उप्रेतीको व्यस्तता खुबै थियो । रेजिनाका फिल्म एकपछि अर्को रिलिज पनि हुन्थ्य । रेजिनाका फिल्म केही सफल भए भने केही असफल पनि भए । रेजिना विवादमा पनि खुबै परिन् । करिब एक दशक रेजिनाको चर्चा नेपाली फिल्म क्षेत्रमा राम्रैसँग चल्यो ।

तर, विवाह गरेपछि रेजिना सुस्ताएकी छिन् । रेजिनाको करिअर खस्किदै गएपछि उनले विवाह गरिन् । झन्, छोरीलाई जन्म दिएपछि त रेजिनाको शरीर पनि मोटायो र उनी हराइन् पनि । तर, अहिले रेजिना आफूलाई मेन्टेन गरिरहेकी छिन् ।

रेजिनाको बदलिदो शरीरले पनि अब फेरि उनी फिल्म क्षेत्रमा फर्कन चाहेको प्रष्ट हुन्छ । के रेजिना फेरि फिल्म क्षेत्रमा आउलिन् त ?

For More videos Log on to Mazzako TV