अभिनेत्री रेखा थापा आफू निर्मित फिल्मको प्रिमियर गर्न खासै रुचाउँदिनन् । कारण, रेखाले निर्माण गरेका फिल्म प्रिमियर गर्ने खालका खासै हुँदैनन् । तर, यसपटक भने रेखाले काठमाण्डौको कुमारी हलका २ पर्दा नै बुक गरेर फिल्म ‘रुद्रप्रिया’को प्रिमियर गरिन् । कात्तिक २ गतेबाट रिलिज हुन लागेको फिल्मको प्रिमियरमा नेपाली फिल्मका अभिनेत्रीहरुको भिड बढी लागेको थियो ।

रेखाको फिल्म हेर्नका लागि अभिनेत्री पूजा शर्मा, नीता ढुंगाना, रीमा विश्वकर्मा, शिल्पा पोखरेल लगायत पुगेका थिए । फिल्मका निर्माता, निर्देशक र पत्रकारको बाक्लो भीड कुमारी हलमा देखियो ।

सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो फिल्मलाई एमके पौडेल र सरस्वती थापाले मिलेर बनाएका हुन् । फिल्मले एसिड आक्रामडमा परेकी एक यूवतीको कथालाई निकै रोचक तरिकाले उठान गरेको छ । समाजको यथार्थ कथालाई फिल्मले चित्रण गरेको भन्दै फिल्म हेर्न पुग्नेले तारिफ गरेका थिए ।

For More videos Log on to Mazzako TV