अभिनेत्री रेखा थापा र शिल्पा पोखरेललाई एउटै फ्रेममा संभवत मिडिया र दर्शकले यस अगाडि देखेका थिएनन् । तर, अभिनेत्री रेखा थापाको ब्यानरमा निर्माण भएको फिल्म ‘रुद्रप्रिया’ हेर्न भने यो शिल्पा आफ्ना प्रेमी छविराज ओझाको साथमा पुगिन् ।

शिल्पा र रेखाले निर्धक्का साथ तस्बिर खिचाए, मुस्कान दिए । शिल्पा र रेखा एउटै फ्रेममा देखिनुले पनि यी दुइको सम्बन्ध सुधार भएको स्पष्ट हुन्थ्यो । कुनै समय शिल्पालाई नेपाली फिल्म क्षेत्रमा रेखा थापाको स्थान लिने अभिनेत्रीको रुपमा हेरिन्थ्यो ।

रेखा थापा र छवि ओझाको वैवाहिक सम्बन्ध केही समय अगाडि मात्र टुगिएको हो । रेखासँग डिभोर्स हुने वित्तिकै छविले शिल्पासँग निकट सम्बन्ध बनाएका थिए । उनीहरुले बिबाह गरिसकेको चर्चा चलेपनि यी दुइले भने स्विकार गरेका छैनन् ।

For More videos Log on to Mazzako TV