दक्षिण कोरियामा पहिलो पटक नेपाली फिल्मको अवार्ड आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै फ्रेवअुरीको दोश्रो हप्तामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा ‘अन्तरराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ नाम दिएर अवार्ड आयोजना गर्न लागिएको हो । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया-एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले यो अवार्ड संयुक्त रुपमा गर्न लागेका हुन् । ‘कार्यक्रम व्यवस्थापन’को सम्पूर्ण जिम्मा भने संगिक्षा फिल्मस्ले लिएको छ । आयोजकले पत्रकार सम्मेलनमा बताएअनुसार अवार्डमा सहभागी हुनका लागि सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली फिल्मले दर्ता फाराम भर्न सक्नेछन् ।

अवार्डमा कुल २० विधामा अवार्ड प्रदान गरिनेछ भने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ । पत्रकार सम्मेलनमा अवार्डको प्रतिमा पनि अनावरण गरिएको थियो । कार्यक्रममा बोल्दै आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले विदेशी बजारमा नेपाली फिल्मको बजारलाइ अझ परिष्कृत गर्नका लागि अवार्ड आयोजना गर्न आफूहरु अग्रसर भएको बताएका थिए । यस्तै, संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले आयोजकले दिएको जिम्मेवारीलाई आफ्नो टिमले पूर्ण रुपमा निर्वाहा गर्ने बताए ।

आयोजकले चलचित्र, निर्देशक, नायक, नायिका, सह-अभिनेता, सह-अभिनेत्री, नव-अभिनेता, नव-अभिनेत्री, नव-निर्देशक, खलपात्र, हाँस्य कलाकार, लेखन, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्धन्द्ध निर्देशक विधामा अवार्ड प्रदान गर्ने बताएको छ । रहेका छन् । अवार्डको जुरी संयोजकको रुपमा भरत शाक्य रहेका छन् ।

 

For More videos Log on to Mazzako TV