पछिल्लो समय फेरी चर्चामा रहेका नायक सलोन बस्नेतको स्वर रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ । होस्टेल, लव सब, गजालु, ए मेरो हजुर २ जस्ता सफल फिल्म मार्फत दर्शकको मन जितेका सलोनले यस अघि आफ्नो नया चलचित्र बाबु कान्छाको गीतमा समेत ¥याप हानेका छन् । ‘रूम नम्बर १०८’ बोलको सार्वजनिक गीतमा सलोन सगै अर्का नायक आमेष भण्डारीको पनि स्वर रहेको छ । गीतमा कम्पोज सुरज ब्लुजको रहेको छ ।

फिल्म ‘मेला’ मार्फत एक्कै साथ पर्दामा आउन लागेका सलोन र आमेष निकै मिल्ने साथी हुन् । सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र बाबु कान्छा मङ्सिर १५ गते बाट प्रदर्शनमा आउदै छ । पर्फेक्ट प्लान इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस गीतमा सलोन र आमेष सगै गिरिश खतिवडालाई पिÞmचरिङ्ग गरिएको छ ।

शिशिर खातीको निर्देशन रहेको यस म्युजिक भिडियोलाई खातीले निकै सुन्दर तरिकाले निर्देशन गरेका छन् । पवन सुस्लिङ्गको छायांकन रहेको यस गीतलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV