शनिबार बेलकुी काठमाण्डौको कर्म बार रातभरसम्म झुम्यो । बलिउड अभिनेता, गायक तथा संगीतकार हिमेश रेशमियाको कन्सर्टका कारण पनि यूवायूवती उनीसँगै झुमेका थिए ।

तर, हिमेशकै कारण नेपाली फिल्मका अभिनेता सलोन बस्नेत भने निकै रिसाएका थिए । सलोन बस्नेत र अभिनेता आमेष भण्डारीको अभिनय रहेको एक म्यूजिक भिडियोको सार्वजनिक सोही कार्यक्रममा गर्ने तयारी गरिएको थियो ।

सलोनका अनुसार हिमेशले उनको गीतको बारेमा केही बोलेर गीत सार्वजनिक गर्ने तयारी गरिएको थियो । सोही अनुसार मिडियालाई खबर पनि गरिएको थियो । तर, हिमेशले कार्यक्रमको कुनै समयमा पनि उनको गीतको बारेमा बोल्न मानेनन् । सुरुमा गीतको बारेमा बोल्छु भनेका हिमेशले अन्त्यसम्म पनि बोल्न नमानेपछि सलोनले गीत नै रिलिज नगर्ने बताए । यो गीत आइतबार यूटुबबाट रिलिज गरियो ।

For More videos Log on to Mazzako TV