फिल्म ‘ऐश्वर्य’को प्रमोशनका लागि यो फिल्मको निर्माण यूनिट मोफसल दौडमा निस्किएको छ । फिल्मको टिमले मोफसल टूरको सुरुवात पोखराबाट गरेको हो । गीत र ट्रेलरले दिएको हाइपलाई अझ उचाइमा पु¥याउन र मोफसलका दर्शक र पत्रकारसँग भेटघाट गर्न टूरमा निस्किएको निर्माता तथा अभिनेता रमेश उप्रेतीले बताए ।

यो टूरमा फिल्मका मुख्य अभिनेता रमेश उप्रेती, अभिनेत्री दीपिका प्रसाइ, कलाकार प्रशान्त ताम्राकार र कार्यकारी निर्माता निर्मल शर्मा छन् । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता रमेश उप्रेतीले आफूले लामो समयको कलाकारिताबाट संगालेको अनुभवलाई पर्दामा उतारेको बताए । उनले पछिल्लो समयको एक मात्र स्टार अभिनेता अनमोल केसी नै भएको बताए । अभिनेताले पैसाको पछाडि नलागी गरेको कामका कारण उनी स्टार भएको रमेशले बताए ।

अभिनेत्री दीपिका प्रसाइले पत्रकार सम्मेलनमा आफूले फिल्ममा दर्शकले नोटिस हुनेगरि काम गरेको सुनाइन् । आफ्नो करिअर कहाँसम्म पुग्छ भन्ने त भोली फिल्म रिलिज भएपछि थाहा हुने उनको भनाइ थियो । अर्का अभिनेता प्रशान्त ताम्राकारले २२ बर्ष यो क्षेत्रमा बिताउँदा पहिलो पटक आफ्नो कामको मुल्यांकन यो फिल्मबाट भएको बताए । यो फिल्ममा आफूलाई भिलेन भन्दा पनि मिसनमा हिडेको पात्रको रुपमा चित्रण गर्न सकिने उनले सुनाए ।

कात्तिक ९ गतेबाट रिलिज हुने यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । फिल्मको ‘तिमी रोएको पल तिमीलाई’ बोलको गीत सुपरहिट भैसकेको छ ।

For More videos Log on to Mazzako TV