यस वर्षको अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) को ‘इनास फिल्म अवार्ड’ को पाँचौं संस्करण सम्पन्न भएको छ । जसबाट बिभिन्न चलचित्रकर्मिहरु सम्मानित भएका छन् । यसैबिच रेडियो अडियोका निर्देशक अमित चन्द्र अधिकारीलाई पनि ‘इनास सम्मान’ बाट सम्मानित गरियो ।


नेपाली कला र संस्कृतिको उत्थान र बिकासमा योगदान पु¥याएको भन्दै अधिकारीलाई ईनासले उक्त सम्मान प्रदान गरेको हो । अधिकारीले एकदशक अघि बजार प्रतिनिधीमा रुपमा रेडियो अडियोमा सेवा शुरु गरेका थिए । एक दशक लामो कार्य अनुभवमा रेडियोको व्यवसायीक बजार बिस्तारसँगै नेपाली गीतसंगीत, कला र संस्कृति, खासगरी चलचित्र उद्योगका लागि उनले गरेको सेवा सम्मान योग्य छ ।

सम्मानले रेडियो प्रसारण संस्था मार्फत् नेपाली चलचित्र र गीत संगीतको प्रवद्र्धनका जाँगर झनै उर्जा बढेको अधिकारीले बताए । आउँदा दिनमा पनि नेपाली कला साहित्य र नेपाली चलचित्र, गीत संगीतको हितका लागि अझै प्रभावकारी ढंगले लागी पर्ने पनि उनले बताए ।

अधिकारीले आफ्नो प्रसारण संस्था रेडियो अडियोले नेपाली गीत संगीतको प्रसारण गरे वापत रोयल्टी दिएको बताउँदै आगामी दिनमा त्यस्ता कार्यलाई अझै प्राथमिकतामा राख्ने योजना सुनाए । अमित कार्यरत रेडियो अडियो हास्य ब्यङ्ग्य मनोरंजन संगै नेपाली चलचित्रको प्रवद्र्धन र नेपाली गीत संगीतको सम्बद्र्धनको लागि कटिबद्ध भएर लागी रहेको प्रसारण संस्था हो ।


यस्तै रेडियो अडियोकै लोकराज अधिकारीलाई समेत चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो । अधिकारीलाई लामो समय देखि चलचित्र पत्रकारितामा योगदान दिएका कारण ‘इनास’ ले चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

 

For More videos Log on to Mazzako TV