नायक कुशल थापा तथा नायिका सन्ध्या केसी अभिनित फिल्म ’ह्याप्पी न्यु ईयर’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ’ह्याप्पी न्यु ईयर’ बोलको गीत सार्वजनिक गरिएको हो । पुष १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको गीतमा नायक कुशल थापा र सन्ध्या केसी फिचरिङमा छन् । विनोद ढकालको शब्द तथा संगीतमा तयार भएको गीतमा नवराज बस्नेतले स्वर छ ।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मको अधिकांश छायांकन अष्ट्रेलियामा गरिएको हो । फिल्मलाई नायक कुशलकी श्रीमति रती थापाले निर्माण गरेकी हुन् । लभस्टोरी कथामा निर्माण भएको फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।

https://youtu.be/8llN06TSWm8

For More videos Log on to Mazzako TV