•  

बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले शनिबार राजधानीमा सांगीतिकमा प्रस्तुती दिएका छन् । उनले शनिबार बेलुका वर्ल्ड ट्रेड सेन्टरको ’कर्मा बार’ मा आफ्नो प्रस्तुति दिएका हुन् । रातको करिव ११ बजे कार्यक्रम स्थल ’कर्मा बार’ मा पुगेका हिमेश रेशमियाले उपस्थित युवायुवतीलाई आफ्नो गीतहरुले मज्जाले झुमाए ।

हिमेशको कन्सर्टमा सहभागी हुन अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी समेत पुगेका थिए । नेपाल र नेपालीलाई सम्मान ब्यक्त गर्दै हिमेश लगातार २ घण्टा दर्शक संगै झुमे ।

For More videos Log on to Mazzako TV