काठमाण्डौमा आयोजना भएको ‘पाँचौ इनास अवार्ड’मा संगीतकार बसन्त सापकोटाले आफूले संगीत भरेको चर्चित गीत ‘स्लोली स्लोली’ गीत गाएर सुनाए । बसन्तले गीत गाइरहँदा अवार्ड हेर्न पुगेकाहरुले ताली बजाएर सुनाए । राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटा लगायतले आफ्नै संगीतमा गीत गाउनु त कुनै नौलो कुरा नै भएन ।

तर, अहिले संगीतकारहरु आफै किन गीत गाएर अगाडि आउन खोजिरहेका छन् त ? बसन्तका अनुसार अब उनले स्वर भरेका केही गीत बजारमा आउँदैछन् । उनी अगाडि आउन चाहिरहेका छन् ।

आफूले संगीत भरेको चर्चित गीत हिट भएपछि गायकले सोही गीत गाएर विदेश घुम्ने, तर संगीतकारलाई कुनै पनि रोयल्टी नदिने भएपछि संगीतकारहरु आफै गीत गाएर अगाडि आउन चाहेका हुन् । आफै गीत गाउँदा स्टेज कार्यक्रम पनि प्रशस्त पाइने भएकाले बसन्त पनि अगाडि आउन चाहेको प्रष्ट छ ।

For More videos Log on to Mazzako TV