कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘रोमियो’ को ट्रेलर सार्वजनिक भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना भएको ‘ईमास अवार्ड’ मा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । शंकर कार्की निर्देशित फिल्म ‘रोमियो’ मा  हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ ।

ट्रेलरबाट लभ स्टोरी र एक्सनको वरिपरि फिल्मको कथा घुमेको बुझ्न सकिन्छ । तारा प्रकाश लिम्बु, सुनिल सण्डे, कुर्बान खान र योगेश काजी को संगीत रहेको फिल्ममा, आष्ट महर्जनको एक्सन रहेको छ । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्म निर्माणमा हसनसँग आशिका श्रेष्ठ र विष्णु कार्कीले सहकार्य गरेका छन् ।

हेर्नुहोस् ट्रेलर :

For More videos Log on to Mazzako TV