कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘मेला’ को ट्रेलर सार्वजनिक भएको छ । सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी अभिनित फिल्म ‘मेला’ को ट्रेलर सार्वजनिक गरिएको हो ।यसअघि सार्वजनिक दुई गीतबाट चर्चामा रहेको ‘मेला’ ट्रेलर कमेडी संवादले भरिएको छ । फिल्मको ट्रेलरमा सलोन प्राथमिकतामा छन् । फिल्ममा सलोन, आमेष, अशिष्मासंगै बसन्त भट्ट, निरज श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

हरि पन्तको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।

https://youtu.be/eu0wK1cj4dE

For More videos Log on to Mazzako TV