अभिनेता आर्यन अधिकारीका लागि पौषको अन्तिम साता रिलिज हुने फिल्म ‘बटरफ्लाइ’को व्यापार निकै महत्वपूर्ण छ । किनकी, आर्यनको पहिलो फिल्म ‘के म तिम्रो होइन र’ औषत हिट हुँदा उनलाई खासै फाइदा भएन ।

तर, आकर्षक जीउडालका धनी आर्यनले भटाभट फिल्ममा काम गरिरहेका छन् । आर्यन अभिनित अर्को फिल्म रिलिज हुन करिब २ बर्ष लाग्ने देखिएको छ ।

उनै, आर्यनको करिअर अभिनेत्री प्रियंका कार्कीले सुरक्षित गर्नुपर्ने देखिएको छ । ओम प्रतिकको निर्देशनमा तयार भएको फिल्म ‘बटरफ्लाइ’को एक प्रेमगीतमा आर्यन र प्रियंका प्रेमको मधुमासमा डुबेका छन् । आर्यन आफैले फेसबुकमा शेयर गरेको तस्बिरमा उनी बोल्ड प्रियंकासँग प्रेमको गहिराइमा डुबेको देख्न सकिन्छ ।

 

For More videos Log on to Mazzako TV