अभिनेता पल शाहको स्टारडम जुन तरिकाले बजारमा चर्चा भयो, त्यो अनुसार रहेनछ भन्ने त फिल्म ‘जोनी जेन्टलम्यान’ले पुष्टी गरिसकेको छ । पल शाहको करिअर ‘नाइ नभन्नु ल ४’बाट सुरु भएपनि ‘म यस्तो गीत गाउँछु’ले उचाइमा लगेको थियो । तर, यो फिल्म चल्नुमा पलको स्टारडम चम्कनु नरहेको पुष्टी भैसकेको छ ।

उनै, पल केही समय अगाडि एक समाचारका कारण विवादमा फसे । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण तथा अभिनय गर्न लागेको फिल्म ‘अनुराग’मा दिपक घिमिरे अनुवन्धित भएका थिए । तर, त्यसको केही दिनमै उनी फिल्मबाट निकालिएको खबर आयो । दिपक बाहिरिएको केही दिनमै फिल्ममा अभिनेता पल शाह अनुवन्धित भएको खबर आयो । यतिसम्म खबर आयो कि, पलले १८ लाख लिएर फिल्ममा काम गर्न लागेको चर्चा भयो ।

तर, पछि फेरि पलले आफूले फिल्मको अन्तिम कथा नै पढ्न नपाएको भन्दै प्रतिक्रिया दिए । सुरुवातमा फिल्म खेल्न पल राजी भएका थिए । तर, धेरैले उनलाई फिल्मको बारेमा धेरै कुरा सुनाइदिएपछि उनी ब्याक भएका थिए ।

तर, यस्ता खबरले पल शाहलाई नै घाटा लाग्यो । जति चर्चित भइन्छ, त्यती स्टारडम बचाउन गाह्रो हुन्छ भन्ने पलले वुझ्न आवश्यक छ ।

For More videos Log on to Mazzako TV