नेपाली फिल्म क्षेत्रमा अभिनेत्री नम्रता सापकोटा स्थान बनाउने क्रममा छिन् । नम्रताका लागि फिल्म क्षेत्र अझै सुरक्षित बनिसकेको छैन । तर, पनि उनी निकै मिहिनेतका साथ काम गरिरहेकी छिन् । फिल्म ‘कान्छी’ छाडेर ‘समर लभ’मा काम गरेकी नम्रताले आफूले हरेक फिल्ममा फरक फरक भूमिका निर्वाहा गरिरहेको बताएकी छिन् ।

नम्रताका अनुसार उनी ‘समर लभ’को कथाबाट निकै प्रभावित छिन् । यो फिल्मको छायांकनमा व्यस्त अभिनेत्रीका अनुसार, पहिले नै पढेको कथा भएकाले पनि आफू नम्रता नभएर सोही पात्रमा भिजेको उनको भनाइ छ । नम्रताले चाडै नै आफूले एउटा नयाँ घोषणा गर्ने समेत बताइन् ।

केही फिल्ममा मात्र अभिनय गरेकी नम्रतालाइ बोल्ड भूमिकामा दर्शकले रुचाउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV