संजय लिला भन्साली निर्देशित बहुप्रतिक्षित फिल्म ‘पद्यमावती’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट ९ सेकेण्डको ट्रेलरलाई २४ घण्टाको समय भित्र डेढ करोड भन्दा बढी पटक हेरिएको छ । मंगलबार बेलुकी ९ बजेसम्ममा फिल्मको ट्रेलरलाई २ करोड २५ लाख भन्दा बढी पटक हेरिएको छ । यता नेपालको ट्रेन्डिङ नम्बर एक मा समेत पर्न सफल भएको छ । ९ अक्टोवर सोमबार दिउँसो १ बजेपछि सार्वजनिक ट्रेलरमा दीपिका, रणवीर र शाहिद तीनै जना आफ्नो भूमिकालाई न्याय गर्दै देखिएका छन् ।

फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन् । फिल्मको कथा महारानी पद्यमावतीमा आधारीत छ र दीपिका फिल्ममा पद्यमावती रानीको भूमिकामा छिन् । साथै शाहिद कपूर राजा रतन सिंहको भूमिकामा र रणवीर सिंह फिल्ममा अलाउद्दीन खिलजीको नकरात्मक भूमिकामा छन् । यो फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV