अभिनेत्री तथा निर्मात्री रेखा थापा चढ्ने कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारको धेरै भागमा क्षति पुगेको छ । टिभी फिल्मीमा अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । रेखालाई ट्रकको ठक्करबाट कुनै क्षति भएको छैन ।

रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन् । यतिखेर कात्तिक २ गतेदेखि रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ प्रचार प्रसारमा रेखा व्यस्त छिन् ।

For More videos Log on to Mazzako TV