अभिनेत्री अशिष्मा नकर्मीले नेपाल भाषाको फिल्म निर्माणको घोषणा गरेकी छिन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अशिष्माले ‘लाखे भाजु’ नाम गरेको फिल्म निर्माणको घोषणा गरेकी हुन् ।

यो फिल्ममा उनी प्रस्तुतकर्ता र अभिनेत्रीको रुपमा रहनेछिन् । तिहारपछि छायांकन हुने फिल्ममा अशिष्माको साथमा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशीको मुख्य भूमिका रहनेछ । फिल्मको बजेट ५० लाख बताइएको छ ।

प्रदिपकुमार उदयको परिकल्पनामा तयार हुने फिल्ममा सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत रहनेछ । फिल्मले लाखे संकृतीको उत्पतीको कथा भन्नेछ ।
आर्यम नकर्मीको लेखन तथा निर्देशनमा यो फिल्म बन्नेछ । फिल्ममा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी, दीपक श्रेष्ठको लगानी रहनेछ ।

For More videos Log on to Mazzako TV