नेपाली फिल्मका निर्माताहरु आफ्नो लगानी सुरक्षित गर्ने बाटो खोजिरहेका छन् । नेपाली फिल्मले हलमा उत्साहजनक व्यापार गरेपनि निर्माताको हातमा भने खासै गतिलो रकम नआउने भएपछि उनीहरुले नयाँ नयाँ बाटो अपनाएका हुन् ।

यहीक्रममा, अहिले नेपाली फिल्मका निर्माताहरुले डीस होमलाइ फिल्म बेच्न थालेका छन् । फिल्म हलमा रिलिज भएकै दिन डीस होममा पनि प्रशारण हुन थालेको छ । यो शैली अगाडि बढेपछि हलहरुको छाता संगठन चलचित्र संघले फिल्म रिलिजकै दिन डीस होममा पनि फिल्म प्रशारण गरेको खण्डमा ती फिल्मलाइ हलमा नचलाउने निर्णय गर्यो । यो निर्णयले अहिले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

हल संचालकको यो निर्णयलाइ निर्माताहरुले खुलेरै विरोध गरिरहेका छन् । चलचित्र निर्माता संघ, नेपालले आजको वैठकमा यो निर्णयको बिषयमा छलफल गर्ने बताएको छ । चलचित्र संघको यो निर्णयसँगै अब निर्माता र हलवालाहरुविच केही समय चर्काचर्की पर्ने पक्का छ ।

For More videos Log on to Mazzako TV