फिल्म ‘छक्का पन्जा ३’ बन्ने भएको छ । ‘छक्का पन्जा र छक्का पन्जा २’को अपार सफलतापछि यसको तेश्रो सिक्वेल निर्माणको समेत घोषणा गरिएको हो । फिल्मका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले फिल्म निर्माणको घोषणा गरे ।

उनले, समिक्षकको र दर्शकले दिएको सुझावलाइ आधार मानेर तेश्रो सिक्वेल बनाउने बताएका छन् । यो फिल्मलाइ पनि दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । नेपाली फिल्मको इतिहासमा बक्स अफिसमा सर्वाधिक सफल फिल्मको पहिलो स्थानमा ‘छक्का पन्जा’ र दोश्रो स्थानमा ‘छक्का पन्जा २’ रहेका छन् । फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ । ‘छक्का पन्जा ३’ आउँदो बर्षको दशैको फूलपातिमा रिलिज हुने पक्का भएको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार उनले फिल्म ‘शत्रु गते’को कथा लेखिसकेपछि यो फिल्म निर्माणको सुरुवात गर्नेछन् । फिल्ममा पुरानै कलाकार र टिम दोहोरिने समेत उनले बताएका छन् ।

For More videos Log on to Mazzako TV