नायिका अशिष्मा नकर्मी फिल्म निर्माण गर्ने भएकी छिन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अशिष्माले नेपाल भाषाको फिल्म ‘लाखे भाजु’ निर्माणको घोषणा गरेकी हुन् । करिब दर्जन बढी फिल्महरुमा अभिनय गरेकी अशिष्माले फिल्म निर्माणमा आफुलाई सबैले साथ दिने बिस्वास ब्यक्त गरिन् ।

आर्यम नकर्मीको लेखन तथा निर्देशन रहने फिल्ममा अशिष्मा सँगै शोहित मानन्धर, मदनदास श्रेष्ठ, नगीना जोशी लगायत कलाकारहरुको अभिनय रहनेछ । निर्माता प्रदीप कुमार उदयको परिकल्पनामा बन्ने फिल्ममा नरेन्द्र महर्जन र गोपाल काजी कायस्थको संयुक्त निर्माण रहने छ । फिल्ममा सुसन प्रजापतीको छायाँकन, मनराजा नकर्मीको संगीत रहनेछ ।

For More videos Log on to Mazzako TV