अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापा एकसाथ फिल्ममा काम गरेपछि पहिलो पटक मिडियामाझ प्रस्तुत भए । काठमाण्डौमा आयोजना गरिएको फिल्म ‘रुद्रप्रिया’को पत्रकार सम्मेलनमा उपस्थित आर्यन र रेखाले आफूहरुविचको सम्बन्धको चर्चा गरे । अभिनेता आर्यन सिग्देल बिहेपछि बदलिएको अभिनेत्री रेखा थापाको भनाइ थियो ।

कात्तिक २ गतेबाट रिलिज हुन लागेको फिल्मको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा रेखा र आर्यन डेढ घन्टा ढिलो पुगेका थिए । आर्यनले अभिनेत्रीसँग आफ्नो सम्बन्ध कहिल्यै पनि नविग्रिएको भन्दै राम्रो टिम भएपछि आफू काम गर्न उत्साहित भएको सुनाए ।

यस्तै, अभिनेत्री रेखा थापाले पनि आर्यनलाइ टिममा ल्याउनका लागि फिल्मका निर्देशक सुदिप भूपाल सिंहले नै पहल गरेको बताइन् । तर, सुदिपको पहल सुरुवातमा सफल नभएको पछि निर्माता एमके पौडेलले आर्यनलाइ मनाएको रेखाको भनाइ थियो ।

राम्रो कथावस्तु पाएको खण्डमा आफू आर्यनसँग काम गर्न सधै नै तयार रहेको रेखाको भनाइ थियो । यो फिल्मले समाजमा विभिन्न प्रकारले हुने गरेको महिला हिंसाको कथालाइ उठान गरेको छ

For More videos Log on to Mazzako TV