अभिनेत्री रेखा थापाको फिल्म ‘रुद्रप्रिया’ रिलिज हुन लाग्दा एउटा रहस्य खुलेको छ । फिल्मका एक वकिल पात्रले फेसबुक मार्फत बाहिर ल्याएका हुन् । कानुन व्यावसायी समेत रहेका स्वागत नेपाल अर्थात् ‘रुद्रप्रिया’ का वकिल आफ्नो फेसबुकमा लेख्छन्–‘महिला विरुद्ध बलात्कार, एसिड आक्रमणदेखि साइबर क्राइम सम्मका आधुनिक र परिवर्तित प्रकृतिका कल्पनै गर्न नसकिने जघन्य जस्ता विषय समाएर त्यसविरुद्ध लड्न महिला र किशोरीहरुलाई कसरी प्रेरित गर्न सकिन्छ भन्ने उदाहरण फिल्म ‘रुद्रप्रिया’ मार्फत् दिएको छ ।’


फिल्म बारे यस किसिमको भनाई रेखाले हालसम्म कुनै पनि मिडियामा दिएकी छैनन् । यस्तो रहस्यले फिल्मलाई फाइदा कि घाटा ? त्यो भने फिल्म रिलिज पछि नै थाहा होला । गीत र ट्रेलरको प्रतिक्रियाले पनि फिल्म ‘रुद्रप्रिया’ दर्शकले प्रतिक्षा गरेको फिल्म हो ।

For More videos Log on to Mazzako TV