फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज भएपछि धेरैले भने, अबको स्टार हुन् पल शाह । पलका लागि पनि यो फिल्म विशेष नै थियो । तर, फिल्म ‘जोनी जेन्टलम्यान’ रिलिज भएपछि भने धेरैको मुख फेरि मौन बसेको छ । कारण, फिल्मको असफल व्यापारले ‘म यस्तो गीत गाउँछु’ पलकै कारण चलेको थियो भन्ने कुरामा प्रश्न उठाइदिएको छ ।

‘नाइ नभन्नु ल’को चौथो सिक्वेलबाट फिल्म क्षेत्रमा डेब्यू गरेका म्यूजिक भिडियोका हिट मोडल पल शाह आफ्नै दाजु नितिन चन्दले बनाएको फिल्मबाट भने असफल देखिए ।
यो फिल्ममा पलको जोडीको रुपमा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा थिइन् । फिल्म चल्नु अगाडि आँचल र पलको जोडीको जति चर्चा भएपनि फिल्म चलेपछि भने सुनसान नै देखियो ।

यसैले, फेरि पललाइ स्टारको लिगमा दौडनका लागि एउटा सोलो हिट फिल्म दिन आवश्यक देखिएको छ ।

 

For More videos Log on to Mazzako TV