बलिउड अभिनेता वरुण धवन अभिनित फिल्म ‘जुडवा २’ सय करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको आठ दिनमा फिल्म सय करोड क्लबमा प्रवेश गरेको हो । वरुणको डबल रोल रहेको फिल्म सलमान खानको १९९७ मा सुपरहिट भएको ‘जुडवा’ को सिक्वेल हो । डेविड धवनले निर्देशिन फिल्ममा बरुण संगै तापसी पन्नू र ज्याकलीन फर्नान्डिसको मुख्य भुमिका रहेको छ ।

फिल्मले आठ दिनमा १०८.०८ करोड कलेक्सन गरेको बलिउड मिडियामा खबर छ । यस्तै फिल्मले प्रदर्शनको दोस्रो हप्ताको पहिलो दिन ४.२५ र दोस्रो दिन ५.७५ करोड कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो हप्तामा फिल्मले ९८.०८ करोडको विजनेश गरेको थियो । वरुण धवनको यो तेस्रो सुपरहिट फिल्म बनेको छ ।

For More videos Log on to Mazzako TV