कात्तिक २ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रानी’बाट निर्देशक दयाराम दाहाल निकै आशावादी छन् । दयारामले आफ्नो फिल्म निर्देशनको ट्रायक परिवर्तन गर्दै यो फिल्म निर्देशन गरेका छन् ।

यो फिल्मको शिर्ष भूमिकामा अभिनेत्री मलिना जोशी छिन् । मलिना जोशीको फिल्मी करिअर खासै गतिलो छैन । यसैले पनि उनका लागि ‘रानी’को व्यापार महत्वपूर्ण छ ।
तर, मलिना फिल्म रिलिजका लागि २ साता बाँकी रहँदा अमेरिका हानिएकी छिन् । जसले फिल्मको प्रचार प्रभावित हुने पक्कापक्की छ ।

यही फिल्मको टिमका कारण आफू फेरि नेपाली फिल्म क्षेत्रमा फर्किएको बताउने मलिना अमेरिका हिडेपछि यसको निर्माणपक्षलाइ पनि थोरै तनाव त हुने नै भयो । के मलिनाले अमेरिका बसेर नै फिल्मको प्रमोशन गर्लिन् त ?

For More videos Log on to Mazzako TV