असोज ११ अर्थात फुलपातीको अवसरमा उपत्यका भित्र प्रदर्शनमा आएको फिल्म ‘मेरो पैसा खोइ ?’ शुक्रवारबाट उपत्यका बाहिर प्रदर्शनमा आएको छ । यहि मितिमा प्रदर्शन भएको फिल्म ‘छक्का पन्जा २’ ले पहिलो हप्तामै राम्रो ब्यापार गर्दै धेरै रेकर्ड ब्रेक समेत गर्याे । फिल्म ‘मेरो पैसा खोइ ?’ रिलिज हुनु भन्दा केहि दिन अघि मात्र ‘छक्का पन्जा २’ संगै हलमा प्रदर्शन हुने पक्का गरेको थियो ।

 ‘छक्का पञ्जा २’ ले दर्शकको साथ पाइरहेको बेला ‘मेरो पैसा खोई ?’ भने सीमित सो पाएको थियो । रोज राणाको निर्माण तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, वर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धि तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV