‘हाक्कु काले’ अब ‘श्री ५ अम्बरे’ ?
‘श्री ५ अम्बरे’ चलचित्रको नाम हो, जसको शिर्ष भुमिकामा सौगात देखापर्न लागेका हुन् । शुक्रबार काठमाण्डौमा आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा पत्रकारहरुलाई चलचित्रको बारेमा जानकारी गराईयो ।
यसअघि चलचित्र ‘अन्तराल’को निर्देशन गरेकी महिला निर्देशक बस्नेत ‘श्री ५ अम्बरे’को निर्देशनमा जुटेकी हुन् ।
चलचित्र ‘श्री ५ अम्बरे’ समाज रुपान्तरणको एउटा प्रयास भएको पनि निर्माण युनिटले जानकारी गराएको छ । हामीले हरेक दिन देखेको तर महसुस गर्न नसकेको कथा चलचित्रले बोल्ने निर्देशकको भनाई रहेको छ ।
ट्रियु इन्टरटेनर्स र जीवनसाथी फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र ‘श्री ५ अम्बरे’ मा सौगातका अलावा केकी अधिकारी, प्रियंका कार्की, अशिस्मा नकर्मी, बिक्रम सिंह, मार्टिन खान, अर्चना देलाल, शुसान्त कार्की, अभय लामा लगायत कलाकारहरुलाई पनि देख्न पाईनेछ ।
‘श्री ५ अम्बरे’ राजावादी फिल्म जस्तो लागे पनि चलचित्रले छुट्टै कथाबस्तु बोल्ने निर्देशक बस्नेतले बताईन । “कुनै बर्ग भित्र राजा बन्ने सपना बोकेको एउटा पात्रको कथा यस चलचित्रले बोल्छ ”, बस्नेतले भनिन् “तर पनि, यो सामाजिक कथा बोकेको फिल्म हो, राजावादी सिनेमा होईन ।”
चलचित्रको निर्माण अमृत अग्रवालले गर्दैछन भने चलचित्रको कथा पटकथा अभिमन्यू निरबीको रहेको छ । चलचित्रमा संगीत बसन्त सापकोटा, काली प्रसाद बाँसकोटा, बाबु बोगटी र यम बुद्वको रहनेछ । गणेशकुमार श्रेष्ठले खिच्ने यो फिल्ममा योगेन्द्र श्रेष्ठको द्वन्द, नरेश वीर सिंह र निर्मल लामाको नृत्य रहनेछ ।
चलचित्रको सुटिङ्ग चैत्र १० गतेबाट हुने बताईएको छ । चलचित्रलाई काठमाण्डौं आसपासका क्षेत्रहरुमा नै सुटिङ्ग गरिनेछ ।
For More videos Log on to Mazzako TV