हुनत, फिल्म प्रचारका लागि अभिनेत्री रेखा थापा सिंगल नै काफी छिन् भनिन्छ । रेखा थापाले फिल्मको प्रचारका क्रममा मच्चाउने धुम, स्क्यान्डलका कारण उनी सधै नै चर्चामा रहन्छिन् र सोही कारणले नै फिल्म चल्ने गरेको छ ।

तर, यसपटक भने अभिनेत्री रेखा थापा निकै मौन छिन् । रेखा मात्र होइन, फिल्म ‘रुद्रप्रिया’का अभिनेता आर्यन सिग्देल पनि मौन छन् । फिल्म प्रदर्शन हुन २ साता बाँकी रहँदा पनि रेखा र आर्यनको जोडीले न त कुनै गसिपमा रमाउने नै सोच राखेको छ, न आक्रामक प्रचारको नै ।

सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको फिल्मको प्रचारका हरेक सामाग्री सार्वजनिक भैसकेका छन् । तिहारको लक्ष्मी पूजाको दिनदेखि रिलिज हुने फिल्मका लागि रेखा र आर्यन किन चुप छन् ?

रेखा त फिल्म रिलिज भएपछि दर्शक र मिडियाले आफू किन मौन बसेको हुँ भन्ने थाहा पाउने बताइरहेकी छिन् । तर, राजनीतिमा होमिन लागेकी रेखा कतै स्क्यान्डलबाट पर बस्न चाहेकी त होइनन् ?

For More videos Log on to Mazzako TV