अभिनेत्री स्वस्तिमा खड्कालाइ अहिले दोहोरो खुशी मिलेको छ । एकातिर त, उनले नृत्य गरेको ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो युटुबमा सबैभन्दा धेरै पटक हेरियो । यो गीतको भिडियोमा नृत्य गरेपछि उनलाइ धेरै दर्शकले चिने । अर्कोतिर, आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘छक्का पन्जा २’ पनि हिट भयो । यो फिल्ममा उनको कामको प्रशंसा पनि भैरहेको छ ।

स्वस्तिमा जस्तै, अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाइ पनि खुशी मिलेको छ । उनी निर्मित तथा अभिनित फिल्म ‘२ रुपैयाँ’ हिट भयो । यो फिल्म हिट भएपछि निश्चल कलाकारको रुपमा सफल साबित भए ।

निश्चल र स्वस्तिमाका लागि यो बर्ष फिल्म क्षेत्र फाप्यो । यसैले पनि यी दुइले स्विमिङमा आफूहरुको खुशी व्यक्त गरेका छन् । स्वस्मिङमा रमाउँदै निश्चल र स्वस्तिमाले प्रेम पनि अभिव्यक्त गरेका छन् ।

For More videos Log on to Mazzako TV