फिल्म ‘छक्का पन्जा २’ले प्रदर्शनको एक साता पुरा गरेको छ । वुधबारदेखि रिलिज भएको फिल्म आज वुधबारदेखि दोश्रो हप्तामा प्रवेश गरेको छ । दशैको बिदालाइ राम्रैसँग सदुपयोग गर्दै यो फिल्मले बम्पर कमाइ मात्र गरेको छैन धेरै रेकर्ड पनि राखेको छ ।

महिला निर्देशकद्धार निर्देशित यो फिल्मले पहिलो सातामा नै अधिकांश रेकर्ड तोडेको छ भने अब यसलाइ २ वटा रेकर्ड मात्र तोड्न आवश्यक छ । ‘छक्का पन्जा २’ले बनाएका केही रेकर्ड यहाँ प्रस्तुत गरिएको छः

१. सर्वाधिक धेरै हलमा रिलिज भएको फिल्म । यो फिल्म करिब १ सय १० वटा हलमा रिलिज भएको छ ।

२. यो फिल्मले पहिलो दिनको व्यापारमा पनि रेकर्ड बनाएको छ । पहिलो दिन यो फिल्मले डेढ करोडको व्यापार गर्दै ओपनिङ व्यापारमा सर्वाधिक धेरै कमाउने फिल्मको रकेर्ड बनायो ।

३. यो फिल्मले ‘छक्का पन्जा’को केही रेकर्ड पनि ब्रेक गर्यो । ‘छक्का पन्जा’ले करिब २५ दिनमा गरेको व्यापार यो फिल्मले ६ दिनमै गरेको छ ।

४. पहिलो सातामा सर्वाधिक धेरै कमाउने फिल्मको रेकर्ड पनि यही फिल्मको नाममा गएको छ । यो फिल्मले एक सातामा ७ करोड भन्दा बढीको व्यापार गरेको छ । ६ दिनमा यो फिल्मले करिब ६ करोड ८५ लाखको व्यापार गरेको थियो ।

५. महिला निर्देशकको पहिलो सातामा सर्वाधिक धेरै कमाउने फिल्मको रेकर्ड पनि यही फिल्मको नाममा गएको छ । निर्देशक दीपाश्री निरौला पहिलो साता र पहिलो दिनमा सर्वाधिक धेरै कमाउने फिल्मको निर्देशक बनेकी छिन् ।

अब, यो फिल्मलाइ ‘कोहिनुर’को १० करोड, ‘छक्का पन्जा’को १६ करोडको रेकर्ड तोड्न मात्र बाँकी छ । ‘कोहिनुर’को रेकर्ड त यो फिल्मले केही दिनमा नै तोड्नेछ । ‘छक्का पन्जा’को रेकर्ड तोड्छ या तोड्दैन, यो भने रोचक हुने देखिएको छ ।

For More videos Log on to Mazzako TV