बलिउड फिल्ममा आफ्नो जादुमय स्वरका कारण उचाइमा पुगेका पाश्र्व गायक अंकित तिवारी नेपाल आउने भएका छन् । आफ्नो नयाँ म्यूजिक भिडियो ‘तुम हर दफा’को प्रमोशनका लागि उनी नेपाल आउन लागेका हुन् । चितवनको क्याम्पस चौरमा आयोजना हुन लागेको कन्सर्टमा अंकितले आफ्ना चर्चित गीतहरु गाउनेछन् ।

यो कार्यक्रम अक्टोबर २१ तारिखमा आयोजना हुँदैछ । अंकितले जारी गरेको एक भिडियो सन्देशमा आफू भिडियो प्रमोशनका लागि नेपाल आउन लागेको उल्लेख छ । ज्याजी इन्टरटेन्मेन्ट र नविन उपाध्यायले आयोजना गर्न लागेको कन्सर्टका लागि आफू नेपाल आउन लागेको अंकितले बताएका छन् ।

यो भव्य कार्यक्रममा कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रोमियो’को समेत साथ रहनेछ । कार्यक्रममा ‘रोमियो’ यूनिटले समेत आफ्नो प्रस्तुती राख्ने निर्माता तथा अभिनेता हसनराजा खानको भनाइ छ ।

करिब १५ मिनेट लामो प्रस्तुती आफूहरुले दिने खानले बताए । अंकितले भिडियो सन्देशमै रोमियो फिल्मको सपोर्ट रहने उल्लेख गरेका छन् ।

For More videos Log on to Mazzako TV