बुधबार अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ ले बम्पर ओपनिङ गरेको छ । अल नेपाल एक सय भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा २’ ले बुधबारको पहिलो सो हाउसफुलको ब्यापार गरेको हो । दिपाश्री निरौला निर्देशित फिल्मका अधिकांस कलाकारको अभिनयले दर्शकको मन जितेको छ । फिल्मको प्रतिक्रिया बुझ्न फिल्म युनिट बिहबनै देखी राजधानीका हलहलमा पुगेका छन् ।

१७ करोडको व्यापार गर्दै नेपाली फिल्म क्षेत्रमा सवार्धिक कमाई गर्ने फिल्म ‘छक्का पञ्जा’ को सिक्वेलले शुभ संकेत देखाएको छ । एक सय बढी हलहरु पाएको ‘छक्का पञ्जा २’ को मल्टिप्लेक्सका बुधबारका सम्पूर्ण शोहरु शोल्ड आउट भएका छन् । राजधानीका क्युएफएक्कस मल्टिप्लेक्समा सर्वा्धिक २४ वटा शोहरु पाएको छ ।

यता राजधानी बाहिकथा सस्पेन्स राखिएको फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म निर्माणमा दिपक र दीपासँग विकास आचार्यले पनि सहकार्य गरेका छन् ।

फोटो :कुशल घतानी

दिपाश्री निरौलासंग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

For More videos Log on to Mazzako TV