अभिनेत्री पुजा शर्मा तथा पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ को शिर्ष गीत करोड क्लबमा प्रवेश गरेको छ । फिल्मको ‘भन्छु आज’ बोलको गीतलाई युट्युबमा करोड भन्दा बढी पटक हेरिएको हो । अप्रिल महिनामा अभिनेत्री पुजाको जन्मदिनको अबसरमा सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको संगीत तथा निर्देशक सुदर्शन थापाको शब्द रहेको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । यसअघि कुनै पनि रोमान्टिक गीत करोड क्लबमा प्रवेश गरेका थिएनन् । सम्भवत यो करोड क्लबमा प्रवेश गर्ने पहिलो रोमान्टिक गीत बनेको हो । गीतको भिडियोमा फिल्मका मुख्य नायक नायिका पूजा र पल केमेष्ट्रि मज्जाको छ ।

कविराज गहतराजको कोरियोग्राफी सबैको आँखामा बस्न सफल छ नै अझ मज्जाको कुरा त कलाकारको प्रस्तुती, सुन्दर दृश्य आकर्षक कस्ट्युम लोभलाग्दा छन् । सुदर्शन र पूजाले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु’ ले व्यापारिक सफलताको स्वाद चाखिसकेको छ । यही टिमले ‘म यस्तो गीत गाउँछु २’ निर्माणको घोषणा गरिसकेको छ । कतिपय हलमा अझै पनि फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनरत छ ।

For More videos Log on to Mazzako TV