फिल्म ‘ह्याप्पी डेज’को लोक शैलीको गीत दशैको अवसर पारेर रिलिज गरिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर, राजनराज सिवाकोटीकै शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राइसँग अतिथी कलाकार दीया पुनले नृत्य गरेकी छिन् । नेपाली गाउँ घरका शब्दलाइ टिपेर राजनले यो गीतको भिडियो तयार पारेका छन् । फिल्ममा भने दयाहाङ राइ, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्ममा सम्राट बस्नेतको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । वीपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स यो फिल्मका निर्माता हुन् । फिल्म कहिले रिलिज हुन्छ, अझै तय गरिएको छैन ।

For More videos Log on to Mazzako TV