साउथका सुपरस्टार भनेर रजनीकान्त चिनिन्छ । यता बलिउडमा अभिनय तथा लगातारको हिटका फिल्मका कारण पनि अभिनेता अक्षय कुमारको नाम अगाडी आउँछ । यी दुबै अभिनेता अभिनित फिल्म ‘२.०’ यतिखेर दर्शकले प्रतिक्षा गरेको फिल्म हो । फिल्मको रिलिज डेट पटकपटक परिर्वतन हुदा दर्शक निराश समेत भए । अन्तत फिल्म जनावरीमा रिलिज गर्ने फाईनल भएको छ । लगभग फिल्मको लगानी ‘बाहुबली’ को हाराहारी रहेको छ ।

फिल्म निर्माणमा त भब्य लगानी भएकै हो, त्यसमाथि फिल्मको प्रमोशनको लागि निर्माण पक्षले करोडौं रुपैया छुट्टाएको छ । यस फिल्मलाई चीनमा १५ हजारभन्दा बढी स्क्रीनमा देखाइनेछ । तर चीनका लागि रिलिज डेट भने फाइनल भएको छैन् । यसअघि आमरिको फिल्म ‘दंगल’ ले पनि चीनमा राम्रो स्थान पाएको थियो ।

फिल्ममा रजनीकान्तलाई बलिउड अभिनेता अक्षय कुमार र हलिउड अभिनेत्री एमी ज्याक्सनले साथ दिएका छन् । अक्षयले भिलेनको भूमिका निभाएको फिल्मलाई एस शंकर के ले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV