अभिनेत्री प्रियंका कार्की तथा सौगात मल्ल स्टारर फिल्म ‘फाटेको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । करिब ३ मिनेट २३ सेकेण्ड लामो ट्रेलरमा नायिका प्रियंका र नायक सौगातको कामेश्वर चौरासिया लगायत कमेडी शैलीमा प्रस्तुत छन् ।

कात्तिक १७ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘फाटेको जुत्ता’ को ‘आई एम सरि’ तथा ‘चोली’ बोलको गीत केही समय अघि सार्वजनिक भइसकेका छन् । अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रमा निकेश खड्का निर्देशन गरेको हुन् । कमेडी कथा बनेको चलचित्रमा सौगात, प्रियंकाका साथै कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV