दिपाश्री निरौला निर्देशित यस बर्षको बहुप्रतिक्षित फिल्म ’छक्कापञ्जा २’ को बुकिङ खुल्ला भएकको छ । असोज ११ गते, फूलपातीबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मले मल्टिप्लेक्स हलमा सर्वाधिक शो संख्या पाएको छ । मल्टीस्टार अभिनित फिल्मले राजधानीका क्युएफएक्समा मात्र २६ शो पाएको हो । गीत तथा  ट्रेलरको चर्चा संगै फिल्म प्रतिक्षामा रहेको छ ।

लविम मल, सिभिल मल, कुमारी र जय नेपालमा ‘छक्का पञ्जा २’ को बुकिंग समेत खुला गरिएको छ । बुकिङ खुले सँगै अधिकांश शोहरु बुक भइसकेका छन् । राजधानी बाहिर समेत दर्शकको संख्या उत्याधिक हुने हल संचालकहरु बताउँछन् ।

फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, किरण केसी, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायतका कलाकारको अभिनय छ । दिपाश्री निरौला संग गरिएको मज्जाको कुराकानी हेनुस् :

 

For More videos Log on to Mazzako TV