पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले निर्माण गर्ने फिल्म ‘अनुराग’ मा अभिनेता पल शाह फाइनल भएका छन् । यसअघि फिल्म ‘अनुराग’ मा मोडल दीपक घिमिरे अनुबन्धित भएका थिए । उनी फिल्मबाट बाहिरिए संगै पल फाइनल भएका हुन् । फिल्म निर्माण कम्पनी एरिका फिल्मस् प्रोडक्सन कम्पनी र पल बिच सम्झौता भएको फिल्मकी नायिका समेत रहेकी गौतमले जानकारी दिइन् ।

सबै कुरामा चित्त बुझेकाले पनि फिल्ममा अनुबन्धित भएको नायक पल बताउँछन् । पलले भने, ‘विशेष गरी मलाई स्क्रिप्टले मन मन छोयो । पलले अनुरागबाट १८ लाख पारिश्रमिक रकम लिएका बुझिएको छ । सत्यराज चौंलागाईंकोे निर्देशन रहने फिल्मको छठपर्वदेखि फ्लोरमा जानेछ । एलिजा तथा दीपक घिमिरे संग गरिएको मज्जाको कुराकानी हेर्नुस् :

For More videos Log on to Mazzako TV