अभिनेत्री रेखा थापा तथा अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक भएको छ । कात्तिक २ गते सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ’तिमी बाहेक अरु’ बोलको गीत रिलिज भएको हो । सार्वजनिक गीतमा नायिका रेखा र नायक आर्यन प्रेममा समर्पित देखिन्छन् । मेलोडी किंग अर्जुन पोख्रेलको संगीत रहेको गीतमा सनुप पौडेल र अञ्जु पन्तको स्वरले मन छुन्छ । गीतमा अम्बिका शर्माको शब्द छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र रेखाको जोडीको केमेष्ट्री मज्जाले जमेको देखिन्छ ।

रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’ लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । सुदिप बबी भूपाल सिंहले निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । यस अघि सार्वजनिक ‘चिरबिर चिरबिर’ गीत तथा फिल्मको टे«लरका कारण पनि ‘रुद्रप्रिया’ प्रतिक्षित बनेको हो । फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV