असोज महिनालाइ चाडपर्वको महिनाको रुपमा पनि लिइन्छ । यो महिनामा पर्ने दशैको लामो बिदाका कारण पनि फिल्मीकर्मी आफ्नो फिल्म रिलिज गर्न उत्साहित हुन्छन् ।
तर, यो महिना भने असोजमा एउटा मात्र ठूलो फिल्म रिलिज हूँदैछ, ‘छक्का पन्जा २’ । यो फिल्म बाहेक अन्य ठूला कुनै पनि फिल्म यो महिना रिलिज हुनेछैनन् । ‘छक्का पन्जा २’ रिलिज भएको ३ सातासम्म कुनै पनि फिल्म हलमा लाग्ने छैनन् । यसैले, यो फिल्मले रेकर्ड माथि रेकर्ड राख्ने मौका पाएको छ ।

असोजको २७ गते ‘टिनएज’ नामक फिल्म रिलिज हुनेछ । गतबर्ष भदौमा रिलिज भएर रेकर्ड बनाएको ‘छक्का पन्जा’को सिक्वेलको रुपमा ‘छक्का पन्जा २’ निर्माण भएको हो ।
दीपाश्री निरौला निर्देशित यो फिल्म असोजको एउटा मात्र आशाको रुपमा उभिएको छ । हरेक महिना एउटा नेपाली फिल्म चलिरहेको समयमा मल्टिस्टारर फिल्मबाट पनि असोज सुरक्षित हुने आशा गर्न सकिन्छ । वुधबारदेखि रिलिज हुने फिल्मलाइ लिएर अहिले सबैको आँखा सोझिएको छ ।

दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले कुन शैलीको व्यापार गर्छ, त्यसका लागि केही दिन कुर्नै पर्छ ।

For More videos Log on to Mazzako TV