निर्माता हसन खान फिल्म ‘रोमियो’को गीतसंगीतका कारण पनि आशावादी देखिएका छन् । फिल्मको कथावस्तु त दर्शकले हलमा आएपछि मात्र मन पराउने भन्दै दर्शकलाइ हलसम्म तान्न गीतको भूमिका उल्लेख्य हुने उनको वुझाइ छ । उनै, हसनले आफू अभिनित तथा निर्मित फिल्म ‘रोमियो’मो समावेश ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । साथै, यो फिल्म अब कात्तिक २४ गतेबाट रिलिज हुने भएको छ । यस अगाडि फिल्मको प्रदर्शन मिति कात्तिक १७ लाइ तोकिएको थियो ।

सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत रहेको यो गीतको भिडियोमा हसन र उनको टिमले फरक प्रयास पनि गरेका छन् । गम्भिर बिष्टले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । फिल्ममा हसनराज खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । गीतको भिडियोमा भने अभिनेत्री अशिष्मा नकर्मी, अभिनेता संजोग कोइराला र मोडल निराजन प्रधानलाइ अतिथी कलाकारको रुपमा फिचरिङ गरिएको छ ।

फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । शंकर कार्कीले फिल्मको निर्देशन गरेका हुन् । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका सह–निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् । यो फिल्मले त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको छ ।

For More videos Log on to Mazzako TV