पोखराका २१ बर्षिय बुद्ध लामा ग्राण्ड सिंगिङ्ग रियालिटी शो नेपाल आईडलको बिजेता बन्न सफल भएका छन् । कतारको दोहामा भएको फिनालेमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुबाट सबैभन्दा बढी भोट पाएर बुद्ध लामा बिजेता बनेका हुन् । उनका प्रतिस्पर्धीहरु निशान भट्टराई र प्रताप दास क्रमश फस्र्ट र सेकेन्ड रनरअप भएका छन् ।

नेपाल आईडलको बिजेता बने सँगै बुद्ध लामाले महिन्द्रा केयूभी १०० गाडी, २० लाख रुपैयाँ, र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । त्यस्तै फस्र्ट रनरअप निशान भट्टराईले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठले समेत आफ्नो प्रस्तुती दिएका थिए ।

दोहाको एम्पीथिएटरमा भएको कार्यक्रममा मह जोडीको पनि उपस्थिती रहेको थियो । दोहामा रहेका नेपालीहरुले कार्यक्रम प्रत्यक्ष हेर्न पाएपनि टेलिभिजन हेर्ने दर्शकले भने निकै लामो समय कुर्दा पनि कार्यक्रम हेर्न पाएनन् ।

https://www.youtube.com/watch?v=bF588scRsEk&t=3s

नेपाल आईडल ग्रान्ड फिनाले हेर्न नपाएर लाखौ दर्शकले फेसबुकमा खिन्नता ब्यक्त गरेका छन् । कार्यक्रम र कार्यक्रम प्रसारण गर्ने एपि वान टिभीका बिषयमा सामाजिक सञ्जालहरुमा ट्रोलहरु निकै भाईरल भईरहेको छ ।

नेपाल आईडलका टप थ्रि प्रतिस्पर्धीले काठमाण्डौंमा यस्तो प्रस्तुती दिएका थिए । भिडियो हेर्नुस्

 

 

For More videos Log on to Mazzako TV