नेपाली फिल्म हेर्ने वा नेहेर्ने, दुबै बर्गका दर्शकका लागि अभिनेता राजेश हमाल प्रेम खुबै छ । नेपाली फिल्म नै नेहेर्नेहरुले पनि अभिनेता हमाललाइ राम्रैसँग चिन्छन् ।
अभिनेता हमाल कुनै समय फिल्मको पर्दामा निकै व्यस्त हुने गर्दथ्य । तर, अहिले उनको व्यस्तता लगभग न्यून प्रतिशतमा झरेको छ । तर, पनि महोत्सवदेखि विभिन्न कार्यक्रममा भने उनलाइ भ्याइनभ्याइ नै छ ।

उनै, हमाल अहिले सामाजिक संजालमा पनि खुबै सक्रिय छन् । सामाजिक संजाल फेसबुकमा अहिले उनी आफ्नो दैनिकी अपडेट गर्न माहिर छन् । राजेशको फेसबुकमा अहिले शरीर बनाउदै गरेका, जीम गरिरहेका तस्बिर धेरै देख्न पाइन्छ । राजेश अहिले घरमै व्यायम गरिरहेका भेटिन्छन् ।

बाहिरी दुनियामा व्यस्तता घटेपछि हमालको जीम मोह अझ बढेको छ । तर, ५२ बर्ष पार गरिसक्दा पनि हलमा फिट नै छन् । यो त उनको तस्बिर हेरेर पनि थाहा हुन्छ ।

For More videos Log on to Mazzako TV