अभिनेत्री प्रियंका कार्की तथा सौगात मल्ल स्टारर फिल्म ‘फाटको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘चोली’ बोलको गीत सार्वजनिक गरिएको हो ।  नायिका प्रियंका र नायक सौगातको नृत्य प्रस्तुत छ ।

४ रात लगातार नसुति  छायाँकन गरेकाले पनि गीत सधै मनमा बस्ने प्रियंका बताउछिन् । डी पी खनालको शब्द रहेको उक्त ‘चोली’ बोलको गीतमा शंकर थापाले संगीत भरेका हुन् । गीतमा मिना निरौला र शंकर थापाको स्वर सुन्न सकिन्छ । भिडियोको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।

कात्तिक १७ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘फाटेको जुत्ता’ को ‘आई एम सरि’ बोलको गीत केही समय अघि सार्वजनिक भइसकेको छ ।

अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रमा निकेश खड्का निर्देशन गरेको हुन् । कमेडी कथा बनेको चलचित्रमा सौगात, प्रियंकाका साथै कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV