नेपाली फिल्म क्षेत्रमा कुनै समय हट अभिनेत्रीको पहिचान बनाएकी सुष्मा कार्की अहिले ओझेलमा छिन् । सुष्मा कार्कीको हातमा फिल्म छैन त उनी व्यस्त पनि छैनन् । तर, विदेशमा आयोजना हुने कार्यक्रममा भने सुष्मा कार्कीको व्यस्तता घटेको छैन ।

उनै, सुष्मा कार्की अहिले बेलायत पुगेकी छिन् । कार्यक्रमको सिलसिलामा उनी लण्डन पुगेकी हुन् । तर, लण्डनमा उनले आफ्नो ‘सपनाका राजा’सँग भेट गरेकी छिन् ।
हो, ‘दबंग टुर’ लिएर लण्डन पुगेका बलिउडका चर्चित अभिनेता सलमान खानसँग सुष्माले भेटेकी हुन् । सुष्माले आफ्नो ‘सपनाको राजा’सँग भेटेको भन्दै फेसबुकमा तस्बिर राखेकी छिन् ।

सुष्माले एक तस्बिरमा सलमानको काँधमा आफ्नो टाउको समेत राखेको देख्न सकिन्छ । नेपालका अभिनेता र अभिनेत्रीमा बलिउड क्रेज राम्रै छ । सुष्मा पनि सलमानसँग भेट्न पाउँदा मख्ख देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV